जडिबुटीमा रोकिएको बससँग स्कुटर ठोक्किंदा २ युवाको मृत्यु

१३ भाद्र २०८२, शुक्रबार ०८:२०

काठमाडौं । काठमाडौंको जडिबुटीमा आज बिहान बससँग स्कुटर ठोक्किंदा २ जना युवाको मृत्यु भएको छ।

आज बिहान करीब पौने बजेको समयमा जडिबुटीको आकाशे पुल नजिकै रोकिराखेको बाग्मती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा स्कुटर ठोक्किएको हो।

उक्त स्कुटर कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी पश्चिम नवलपरासी घर भई हाल लोकन्थली बस्ने स्कुटर चालक २२ वर्षीय शिरिस पौडेल र काभ्रे पाँचखाल घर भएका २३ वर्षीय नितेश नेपाल घाइते भएका थिए।

उनीहरूलाई उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*