यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१३ भाद्र २०८२, शुक्रबार ०७:४२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य तय गरेको छ।

जसअनुसार सानो लोकल गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ र तीते करेला ५५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी लौका ५० रुपैयाँ, परवर ४५ रुपैयाँ, घिरौला ६० रुपैयाँ, हरियो डल्ले फर्सी ५० रुपैयाँ, इस्कुस २५ रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाा र डल्ले च्याउ ३७० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*