सम्पदा लघुवित्तको कम्पनी सचिवमा सीईओ पौडेल नियुक्त
१३ भाद्र २०८२, शुक्रबार १०:३७

काठमाडौं। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेललाई कम्पनी सचिवमा पनि नियुक्त गरिएको छ ।
कम्पनी सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले पौडेललाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।













