सुनको मूल्यले बनायो रेकर्डः प्रतितोला दुई लाख ६०० रुपैयाँ
१३ भाद्र २०८२, शुक्रबार १०:३६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले इतिहासिक रेकर्ड बनाएको छ । सुन आज तोलामा एक हजार २०० रुपैयाँले बढेर तोलामा दुई लाख माथि पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार ३६० रुपैयाँमा किनबेच भइरहेको हो ।













