साउन महिनामा जीवन बीमा कम्पनीको ब्यवसाय साढे १९ अर्ब, कुनको कति ?

१३ भाद्र २०८२, शुक्रबार १२:३४

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो महिनामा जीवन बीमा कम्पनीले साढे १९ अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले साउन महिनासम्ममा कुल १९ अर्ब ६५ करोड ३३ लाख ५५ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

एक महिनामा सर्वाधिक बीमा शुल्क आर्जन गर्ने पहिलो नम्बरमा नेपाल लाइफ रहेको छ । यसअवधिमा कम्पनीले ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

त्यस्तै, सर्वाधिक धेरै ब्यवसाय गर्ने दोस्रो नम्बरमा रहेको नेशनल लाइफले २ अर्ब ४१ करोड ४५ लाख, तेस्रो नम्बरको लाइफ इन्स्योररेन्स कर्पोरेशनले २ अर्ब ३ करोड ९९ लाख, चौथो नम्बरमा रहेको हिमालयन लाइफले २ अर्ब २ करोड ८१ लाख र पाँचौ नम्बर रहेको सूर्यज्योति लाइफले १ अर्ब २४ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

समिक्षा अवधिमा क्रमशः एशियन लाइफले ९४ करोड ८६ लाख, सिटिजन लाइफले ८५ करोड ६४ लाख, सानिमा रिलायन्स लाइफले ७१ करोड ९५ लाख, आइएमई लाइफले ६७ करोड ५ लाख, प्रभु महालक्ष्मी लाइफले ६८ लाख, रिलायबल नेपाल लाइफले ५८ करोड १७ लाख, मेट लाइफले ५३ करोड ९९ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ४३ करोड ३९ लाख र सन नेपाल लाइफले ३६ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*