जीवन बीमकको ब्यवसाय ६% ले बढ्योः ५ कम्पनी अर्ब क्लबमा, ग्रोथमा आइएमई र रिलायबल अघि

१३ भाद्र २०८२, शुक्रबार १३:१६

काठमाडौँ । जीवन बीमा कम्पनीको ब्यवसायमा बढोत्तरी देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो महिना अर्थात साउनमा हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६५ करोड ३३ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्क गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ६.०२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउनमा जीवन बीमा कम्पनीहरुले १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँको ब्यवसाय गरेका थिए ।

सर्वाधिक धेरै कुल बीमा शुुल्क आर्जन गर्नेमा नेपाल लाइफले पहिलो नम्बरमा रहेको छ । कम्पनीले साउनमा ६ अर्ब १९ करोढ २५ लाख रुपैयाँको ब्यवसाय गरेको हो । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा उक्त ब्यवसाय ८.४४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउनमा कम्पनीले ५ अर्ब ७१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, दोस्रो नम्बरमा रहेको नेशनल लाइफले आफ्नो ब्यवसाय ६.५८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ रहेको छ । गत आर्र्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन २ अर्ब २६ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, एलआईसी नेपालले साउनमा २ अर्ब ३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम हो ।

कुल बीमा शुल्क आर्जन गर्नेमा क्रमशः हिमालयन लाइफको ४.८८ प्रतिशतले बढेर २ अर्ब २ करोड, सूर्यज्योति लाइफको १०.२६ प्रतिशतले बढेर १ अर्ब २४ करोड, एशियन लाइफको २.२९ प्रतिशतले बढेर ९४ करोड ८६ लाख, सिटिजन लाइफको १२.०८ प्रतिशतले बढेर ८५ करोड ६४ लाख करोड र सानिमा रिलायन्स लाइफको ६.४४ प्रतिशतले बढेर ७१ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

सर्वाधिक कुल बीमाशुल्क वृद्धि गर्नेमा आइएमई लाइफ र रिलायबल नेपाल लाइफ अघि रहेको छ । समिक्षा अवधिमा आइएमईको कुल बीमाशुल्क २३.५३ प्रतिशतले बढेर ६७ करोड ५ लाख रुपैयाँ पुगेको छ भने रिलायबल नेपाल लाइफको १६.४१ प्रतिशतले बढेर ५८ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

साथै, प्रभु महालक्ष्मी लाइफको कुल बीमाशुल्क आर्जन ५ प्रतिशतले बढेर ६१ करोड ६८ लाख, मेट लाइफको ६.८१ प्रतिशतले बढेर ५३ करोड ९९ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीको ७.४४ प्रतिशतले घटेर ४३ करोड ३९ लाख र सन नेपाल लाइफको १८.६१ प्रतिशतले घटेर ३६ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*