यो साता नेप्सेमा १ करोड १४ लाख कित्ता शेयर सूचीकृत
१४ भाद्र २०८२, शनिबार ०९:००

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल १ करोड १४ लाख ६० हजार ५९० कित्ता शेयर सूचीकृत भएको छ।
जसमध्ये छ्याङ्दी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर बापतको ३८ लाख ६९ हजार ७७५ कित्ता, नेको इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयर बापतको १७ लाख ६० हजार ८१५ कित्ता शेयर रहेको छ।
त्यसैगरी हिम स्टार ऊर्जाको ३७ लाख ३० हजार कित्ता आईपीओ र यूनाइटेड अजोडको १० प्रतिशत बोनस शेयर बापतको २१ लाख कित्ता शेयर रहेका छन्।
यसका अलवा यस साता ग्लोबल आइएमई समुन्नत योजना–२ को १५ करोड कित्ता इकाई पनि सूचीकृत भएको छ।












