सिटिजन्स बैंकको इन्स्पाएरिङ्ग लिडरसिप् एण्ड पर्फरमेन्स सेमिनार सम्पन्न

१३ भाद्र २०८२, शुक्रबार १४:३५

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखाहरूका लागि ‘इन्स्पाएरिङ्ख लिडरसिप् एण्ड पर्फरमेन्स सेमिनारः अचिभिङ बजेट गोल्श एण्ड अपेरेसनल सक्सेस् इन् गण्डकी, कर्णाली एण्ड सुदूरपश्चिम’ कार्यक्रम सम्पन्न गरेको छ।

तीन वटै प्रदेशका प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ उक्त कार्यक्रम सम्पन्न गरेको हो। सो सेमिनार बैंकमा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको छ।

सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे छ। हालै मधेश, बागमती र कोशी प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो। त्यसैको निरन्तरता स्वरूप गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा काठमाडौंलाई केन्द्र बनाएर त्यसै किसिमको सेमिनार गरिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।

समिक्षा अवधिभरमा बैंककोे कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि २०८०/८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ जसले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँको निक्षेप संकलन पुर्याएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो।

खुद व्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*