लघु निर्जीवन बीमा कम्पनीहरुद्वारा साउनमा ८ करोड बीमा शुल्क आर्जन, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको सबैभन्दा बढी

१३ भाद्र २०८२, शुक्रबार १४:४८

काठमाडौं । नेपालमा सञ्चालित लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको साउन महिनामा सात करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले शुक्रबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार नेपालमा सञ्चालित चार निर्जीवन बीमा कम्पनीहरुले २८ हजार ४५६ वटा बीमा पोलिसी बिक्री गरेर उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

समीक्षा अवधिमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको साउन महिनामा सात हजार ९९२ वटा बीमा पोलिसी बिक्री गरेर दुई करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

साथै, नेपाल माइक्रो इन्स्योरेन्सले दुई करोड एक लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले एक करोड ७४ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले एक करोड ९८ लाख रुपैयाँ आर्जन गरेका छन् । स्थापनाको छोटो अवधिमा नै लघु निर्जीवन बीमा कम्पनीहरुले उल्लेख्य व्यवसाय गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*