साना किसान विकास लघुवित्तको कामु सीईओमा पृथ बहादुर थापा नियुक्त
१३ भाद्र २०८२, शुक्रबार १६:१५

काठमाडौं । साना किसान विकास लघुवित्तको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत पदमा पृथ बहादुर थापा नियुक्त भएका छन् । थापा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।
संस्थाको सीईओ डा. शिवराम प्रसाद कोइरालाको कार्यकाल भदौ १३ गते समाप्त भएसँगै संचालक समितिको बैठकले थापालाई कामु सीइओको जिम्मेवारी तोकेको हो ।













