स्वस्तिक लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेन्ज ?

१३ भाद्र २०८२, शुक्रबार १७:४१

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओले पहिलो कारोबारको लागि न्यूनतम १७१.७८ रुपैयाँदेखि अधिकतम ५१५.३४ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ १७१.७८ रुपैयाँ रहेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने सम्भावना रहेको हो । आइपीओ हिजो भदौ १२ गते बाँडफाँड भइसकेको छ ।

कम्पनीको शेयर १० कित्ताका दरले १९ हजार ५१९ जनालाई १ लाख ९५ हजार १९० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ५ कित्ता सेयर ५ जनालाई १–१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*