लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंक बन्यो पहिलो, कति दियो बोनस र नगद ?

१३ भाद्र २०८२, शुक्रबार १८:३९

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको भदौ १३ गते बसेको संचालक समिति बैंठकले शेयरधनीहरुलाई चूक्ता पूँजीको ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद (करसहित) गरी जम्मा ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*