सपोर्ट लघुवित्तद्वारा विशेष सभा आह्वान, पुँजीको संरचना परिवर्तन मूख्य प्रस्ताव

१५ भाद्र २०८२, आईतवार ०९:४९

काठमाडौं । सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । संस्थाको भदौ १४ गते बसेको संचालक समिती बैठकले शेयर संरचना परिवर्तनको विशेष प्रस्तावसहित विशेषसाधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

संस्थाले हाल कायम संस्थापक शेयरधनी समूहको ७० प्रतिशत र सर्वसाधारण शेयरधनी समूहको ३० प्रतिशतको शेयर संरचनालाई परिवर्तन गरी संस्थापक शेयरधनी समूहको ६० प्रतिशत र सर्वसाधारण शेयरधनी समूहको ४० प्रतिशत स्वामित्व हुनेगरी संस्थाको प्रवन्धपत्र र नियमावली संसोधनको प्रस्ताव सभाले पारित गर्नेछ ।

संस्थाको विशेष साधारणसभा असोज ४ गते बिहान ११ः०० बजेदेखि स्काई लक्सी होटल ईटहरीमा सुरु हुनेछ । संस्थाले विशेष साधारणसभा प्रयोजनार्थ भदौ २५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ, त्यसैले भदौ २४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागी हुन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*