दशैंका लागि भदौ २९ गतेदेखि सुकिला नोट सटही गर्ने राष्ट्र बैंकको निर्णय

१५ भाद्र २०८२, आईतवार १०:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट सटही अर्थात वितरण गर्ने निर्णय गरेको छ ।

दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यसका साथै, इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सर्वसाधारण तथा संघ/संस्थालाई सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ।

आम नागरिकहरुले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न केन्द्रिय बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*