हिमस्टार उर्जाको पहिलो कारोबार किन हुन सकेन ?

१५ भाद्र २०८२, आईतवार १०:५३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छैन । आजको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनुपर्नेमा म्याचिङ्ग नभएका कारण कम्पनीको कारोबार हुन सकेन।

कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९ हजार किा र संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी कुल ३७ लाख ३० हजार कित्ता गत भदौ १२ गते, बिहीबार, नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको स्टक टिकर एचआईएमएसटीएआर रहेको छ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*