वर्षदिनमा बैंकको कर्जा लगानी साढे ३ खर्बले बढ्योः नबिल र ग्लोबल अघि, आक्रामक एभरेष्ट र एनएमबि

काठमाडौँ । वाणिज्य बैंक कर्जा विस्तारमा आक्रामक देखिएका छन् । मन्दि र अनेकौं बाधाहरुका बिच बैंकहरुले कर्जा लगानी वृद्धि गरेका हुन् । गत आर्थिक वर्ष २०८१/०८२ मा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४८ खर्ब ५५ अर्ब ३८ करोड २४ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ८.०९ प्रतिशत अर्थात ३ खर्ब ६३ अर्ब ५२ करोड ७४ लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले ४४ खर्ब ९१ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।
कर्जा प्रवाह ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको कर्जा लगानी ११.५९ प्रतिशत बढेर ४ खर्ब २७ अर्ब ५८ करोड ७० लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको कर्जा प्रवाह ३ अर्ब ८३ करोड १८ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।
सर्वाधिक कर्जा प्रवाह गर्ने दोस्रो नम्बरमा रहेको नबिल बैंकको कर्जा प्रवाह १०.७० प्रतिशत बढेर ४ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको कर्जा लगानी ३ खर्ब ८५ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कर्जा प्रवाहको तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.७३ प्रतिशतले बढेर ३ खर्ब ४२ अर्ब २८ करोड, चौथो नम्बरमा रहेको राष्टिय वाणिज्य बैंकको १८.१८ प्रतिशतले बढेर ३ अर्ब ४ अर्ब ३७ करोड, पाँचौ नम्बरमा रहेको लक्ष्मी सनराइज बैंकको १०.९१ प्रतिशतले बढेर २ खर्ब ८३ अर्ब २७ करोड र छैटो नम्बरमा रहेको १.४६ प्रतिशतले घटेर २ खर्ब ७५ अर्ब ८ करोड रुपैयाँ पुुगेको छ ।
त्यस्तै, कर्जा विस्तार हिमालयन बैंकको १.२२ प्रतिशतले बढेर २ खर्ब ४३ अर्ब २६ करोड, एनएमबि बैंकको १८.३८ प्रतिशतले बढेर २ खर्ब ३९ अर्ब ६३ करोड, प्रभु बैंकको ३.७० प्रतिशतले बढेर २ खर्ब ३८ अर्ब, एनआईसी एशिया बैंकको १७ प्रतिशतले घटेर २ खर्ब ३४ अर्ब र नेपाल बैंकको १३.४९ प्रतिशतले बढेर २ खर्ब २८ करोड रुपैयाँ रहेको छ ।
कर्जा विस्तारमा एभरेष्ट बैंक आक्रामक देखिएको छ । बैंकको कर्जा लगानी २०.१९ प्रतिशतले बढेर २ खर्ब २३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
यता, सिद्धार्थ बैंकको २ खर्ब २२ अर्ब ६३ करोड, प्राइम बैंकको २ खर्ब १९ अर्ब ३५ करोड, कृषि विकास बैंकको २ अर्ब १६ अर्ब ४ करोड, सानिमा बैंकको १ अर्ब ८३ अर्ब ४५ करोड, सिटिजन्स बैंकको १ खर्ब ७० अर्ब, माछापुच्छ्रे बैंकको १ खर्ब ४७ अर्ब, नेपाल एसबिआई बैंकको १ खर्ब ४१ करोड र स्टान्र्डड चार्टड बैंकको ८७ अर्ब ६६ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह रहेको छ ।












