दुई पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
१५ भाद्र २०८२, आईतवार १५:१०

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३०.६९ घटेर २७५० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । आइतबार विभिन्न सेक्टरका ३२१ वटा कम्पनीहरुको ६ अर्ब ६ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको आज ४५ करोड ४६ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्स २८ करोड ८८ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको २६ करोड ३३ लाख रुपैयाँ, नेपाल रिपब्लिक मिडियाको २१ करोड दुई लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













