लघुवित्तका लगानीकर्ता बने मालामाल, यी कम्पनीको सर्वाधिक बढ्यो मूल्य
१५ भाद्र २०८२, आईतवार १५:१७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३०.६९ घटेर २७५० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि आइतबार लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । आज उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य ६.७७ प्रतिशत र अशा लघुवित्तको ४.१६ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।
त्यस्तै, आज समता घरेलु लघुवित्तको २.६४ प्रतिशत, मिड सोलु हाइड्रोपावरको १.८७ प्रतिशत र अधिकांश म्युचुअल फण्डहरुको शेयरमूल्य बृद्धि भएको छ ।














