रिलायबल नेपाल लाइफको काठमाडौं क्षेत्रीय कार्यालयद्वारा संयुक्त एजेन्सी पुरस्कार, प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

१५ भाद्र २०८२, आईतवार १५:३४

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, काठमाडौ) क्षेत्रीय कार्यालयले जोरपाटी, चाबहिल, कोटेश्वर, कपन, साँखु र जावलाखेल शाखाको संयुक्त आयोजना तथा सहभागितामा एजेंसी पुरस्कार, प्रेरणा तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमको सभाध्यक्षता काठमाडौं क्षेत्रीय प्रमुख यम पोखरेलले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहानी, विशेष अतिथि उप–महाप्रबन्धक शैलेन्द्र श्रेष्ठ तथा विभिन्न पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा १५० जना बढी सहभागी, एमडीआरटी अचीभर, एजेंसी म्यानेजर, स्टार क्लब अचीभर तथा एजेंसी प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उत्कृष्ट कार्य सम्पादन गर्ने २० जना एजेंसी म्यानेजरहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रम सञ्चालन कोटेश्वर शाखा प्रमुख अप्सरा दुलालले गरेकी थिइन् भने जोरपाटी शाखा प्रमुख राजकुमार दुलालले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

क्षेत्रीय प्रमुख यम पोखरेलले प्रेरणादायी सम्बोधन गरे भने विशेष अतिथि शैलेन्द्र श्रेष्ठले विशेष प्रेरणादायी मन्तव्य दिएका थिए। समापन सत्रमा सीईओ नारायण बाबु लोहानीले समापन मन्तव्य प्रस्तुत गर्दै पुरस्कार वितरण गरेका थिए ।

यस संयुक्त कार्यक्रममा काठमाडौं क्षेत्रीय कार्यालय अन्तर्गतका शाखाहरूको सक्रिय सहभागिताले एजेंसी व्यवसायप्रति थप समर्पण, प्रेरणा र एकताको भावना अभिवृद्धि गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*