दोर्दी खोला जलविद्युतको १ करोड ५ लाख कित्ता हकप्रद शेयर सूचीकृत

१५ भाद्र २०८२, आईतवार १६:२१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोर्दी खोला जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको शतप्रतिशत दरको कुल एक करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

कम्पनीको सूचीकृत शेयर संख्या २ करोड १० लाख ८५ हजार २०८ कित्ता पुगेको छ । सूचीकृत हकप्रद शेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*