हिमालयन बैंकको एफपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने

१५ भाद्र २०८२, आईतवार १७:२४

काठमाण्डौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन बैंक लिमिटेडको एफपीओ सूचीकृत भएको छ । आइतबार नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगे अब उक्त एफपीओ सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । बैंकले गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकमबराबर एफपीओ जारी गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*