प्रभा ज्ञवालीको छलाङ, एलआईसी नेपालबाट यस बर्षको पहिलो चेयरमेन्स क्लवमा छनौट

काठमाडौं । सामाजिक सञ्जाल र प्रत्यक्ष बीमा व्यवसायमा जमेकी बीमा सम्राट प्रभा ज्ञवालीले यस आर्थिक वर्षकै पहिलो चेयरमेन्स क्लवमा छनौट भएर नेपालको जीवन बीमा व्यवसायमा विगतदेखिको प्रगतिको श्रृंखलालाई निरन्तरता दिन सफल भएकी छिन् ।
एलआईसी नेपालको परासी शाखामार्फत बीमा व्यवसाय गर्दै आएकी प्रभा ज्ञवालीले यस आवका लागि कम्पनीले तोकेको ४५ वटा नयाँ बीमा पोलिसी र ४५ लाख बीमा शुल्क संकलन गर्नुपर्ने लक्ष्य ४४ दिनभित्रैमा पुरा गरेर विगत २२ वर्षदेखिको चेयरमेन्स क्लवको यात्रा सुरक्षित गर्न सफल भएकी छिन् ।
ज्ञवालीले ४४ दिनको अवधीमा करिब पौने करोड रुपैयाँको प्रथम बीमा शुल्क संकलन गरेर उत्कृष्ट बीमा व्यवसायीको नमुना प्रदर्शन गर्न सफल भएकी छिन् । सामाजिक सञ्जाल टिकटक, फेसबुकहरुमार्फत जीवन बीमाको बारे प्रचार प्रसार समेत गर्दै आम नागरिकमा बीमा सेचतना फैलाउने कार्यमा समेत सक्रिय छिन् ।

गत वर्षको चेयरमेन्स क्लव सम्मान गत साउन २९ गते सम्पन्न भएको थियो । सो कार्यक्रममा सिईओ प्रणय कुमारले नेपाली ढाका टोपी लगाएर सम्मान हस्तान्तरण गरेका थिए ।
ज्ञवालीले गत वर्ष तीन करोड ७३ लाख रुपैयाँ भन्दा बढि प्रथम बीमा शुल्क संकलन गरी २८६ वटा बीमा पोलिसी जारी गर्न सफल भएकी थिईन् । -फाइल तस्विर













