सामसङको ‘दिन दिनै दशैं’ अफर: दैनिक लाखौंको भाटभटेनी भौचर जित्ने सुनौलो मौका

१६ भाद्र २०८२, सोमबार ११:०५

काठमाडौँ ।  नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस दशैंलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर ‘दिन दिनै दशैं’ ल्याएको छ। यो अफर १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म मान्य हुनेछ।

यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्, जसले चाडपर्वको उत्सवलाई अझ विशेष बनाउनेछ। सहभागी हुन, ग्राहकले आफ्नो नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेटको सिरियल नम्बर टाइप गरी सामसङ <space> Serial No. लेखेर ३५००१ मा एसएमएस पठाउनुपर्नेछ।

प्रत्येक दिन एक भाग्यशाली विजेताले भाटभटेनी शपिङ भौचर १ लाख रुपैयाँ पाउनेछन् भने अन्य १० जना विजेताले १० हजार रुपैयाँको शपिङ भौचर प्राप्त गर्नेछन्। यसरी अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार जित्ने अवसर पाउनेछन्। यी शपिङ भौचरहरूलाई दैनिक उपभोग्य सामानदेखि चाडपर्व तयारीसम्म जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले अफर उपयोगी र उत्साहजनक बनेको छ।

MX सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, दिन दिनै दशैं मार्फत सामसङले हरेक चाडपर्वमा आफ्ना ग्राहकलाई अमूल्य अनुभव दिने प्रतिबद्धतालाई निरन्तरता दिएको छ। यो अफरले दशैंको महत्वलाई आत्मासाथ गर्नुका साथै, सामसङको प्रयोगकर्ताको जीवनलाई अझ समृद्ध बनाउन योगदान पुर्‍याउनेछ।

ग्राहकले *#06#  डायल गरेर सजिलै सिरियल नम्बर पत्ता लगाउन सक्छन्। एसएमएस पठाएपछि तुरुन्तै दर्ता भएको सन्देश प्राप्त हुनेछ। विजेताको सिरियल नम्बर घोषणा www.facebook.com/smartplazanepal and www.facebook.com/IMS.NP मा गरिनेछ।

यो अफर सामसङका आधिकारिक विक्रेता र ईकमर्स प्लेटफर्ममार्फत नेपालभर उपलब्ध छ। यस अभियानमार्फत सामसङले आफ्ना ग्राहकलाई हरेक चाडपर्वमा अमूल्य अनुभव दिलाउने परम्परा निरन्तरता दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*