एसईईमा उत्कृष्ट नतिजा ल्याउने रमिता बीकेलाई महुली लघुबित्तद्वारा नगद पुरस्कार र सम्मान
१६ भाद्र २०८२, सोमबार ११:४५

काठमाडौँ । महुली लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चकमकेले एसईई २०८१ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । संस्थाले केन्द्र नं. ३३ की सदस्य जानुका माया कामीकी छोरी रमिता बीकेलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेको हो ।
रमिता बीकेले यस वर्षको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्दै सफलतापूर्वक उत्तीर्ण गरेकी हुन् । उनको उत्कृष्ट उपलब्धिलाई सम्मान गर्न संस्थाले आयोजना गरेको कार्यक्रममा पुरस्कार तथा सम्मानपत्र सदस्य स्वयम् जानुका माया कामीलाई हस्तान्तरण गरिएको थियो ।
यस अवसरमा महुली लघुबित्त वित्तीय संस्था लिमिटेडले रमिता बी.के.लाई हार्दिक बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ ।












