बेइजिङमा सँगसँगै देखिए सी जिनपिङ, पुटिन र मोदी

१६ भाद्र २०८२, सोमबार १२:०५

काठमाडौँ । एससीओ शिखर सम्मेलनको अवसरमा चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकै मञ्चमा देखिएका छन् । उनीहरूको सामूहिक उपस्थितिलाई क्षेत्रीय शक्ति सन्तुलन र त्रिपक्षीय सम्बन्धका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।

समिटको फोटो सत्रमा तीनै नेताहरूको उपस्थितिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चासो पैदा गरेको छ । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत साझा क्षण सार्वजनिक गरेका छन्, जसमा पुटिनसँगको आत्मीयतापूर्ण भेट र जिनपिङसँगको छोटो संवाद पनि देखिन्छ ।

यसअघि मोदी र जिनपिङबीच व्यापार, सुरक्षासम्बन्धी चुनौती र आतंकवाद जस्ता विषयमा विस्तृत छलफल भएको थियो भने अब मोदी र पुटिनबीच द्विपक्षीय वार्ता तय भएको छ । यसलाई भारत, चीन र रुसबीचको रणनीतिक संवादलाई अघि बढाउने संकेतका रूपमा लिइएको छ ।

समिटमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलिको समेत उपस्थिति रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*