पुँजी बजारमा सुधारः कारोबार भने खुम्चियो, दशैं र चलखेलको प्रभाव कति पर्छ ?

१६ भाद्र २०८२, सोमबार १५:०९

काठमाडौँ । दुई दिन राताम्य भएको शेयर बजारमा आज सुधार देखिएको छ । तर बजार सुधार कति दिर्घकालिन रहने भन्नेमा शंका कायम छ । बजार ३००० बिन्दु नजिक पुगेको बेला केही ठूला लगानीकर्ताहरूले ३२०० बिन्दु पुग्ने अपेक्षामा शेयर खरिद अभियान चलाएका थिए । तर अहिले ती लगानीकर्ताहरूको ठूलो रकम लगभग बेकार भएको छ। यसले साधारण र साना लगानीकर्तामा असुरक्षा र चिन्ता बढाएको छ। बजारको पारदर्शिता र लगानीकर्ताप्रतिको विश्वासमा पनि गम्भीर असर परेको छ।

हाल बजारका सबै प्रमुख सूचकहरू सकारात्मक देखिए पनि बजारले उल्लेखनीय वृद्धि गर्न सकेको छैन। विशेषज्ञहरूका अनुसार, बजारमा माफियाहरूको चलखेल र अनियमित गतिविधि बजार सुधारमा बाधक बनेको देखिन्छ।

यता, केही लगानीकर्ताहरूले दशैं नजिकिँदै गर्दा बजारमा भारी गिरावट आएको अनुभव गरेका छन्। पर्वको समयमा पैसाको जोहो सुरु भएपछि धेरैले आफ्ना शेयर बिक्री गरी नाफा बुक गर्न थालेका छन्, जसले बजारमा अस्थिरता थप गरेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९१ अकंले बढेर २७६२.७४ बिन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १० करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ वटा उपसूचकमा सुधार देखिएको छ । आज वाणिज्य बैंक समूहको १.६२ प्रतिशत, विकास बैंक समूहको ०.७५ प्रतिशत, फाइनान्स समूूहको ०.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सोमबार १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०६ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*