नेपाल रि र एभरेष्ट बैंकको सबैभन्दा बढी कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१६ भाद्र २०८२, सोमबार १५:०९

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १२.९१ अंकले बृद्धि भएर २७६२ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा सोमबार विभिन्न सेक्टरका ३२६ वटा कम्पनीहरुको पाँच अर्ब १० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा आज पनि नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एभरेष्ट बैंकको २४ करोड ४४ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको २१ करोड ८१ लाख रुपैयाँ, नेपाल इन्फ्रास्टक्चरको २० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*