नेपाली अटो बजारको विश्वासिलो नाम ‘हुन्डाई क्रेटा’, १० वर्षको सफल यात्रा

१६ भाद्र २०८२, सोमबार १६:११

काठमाडौं । हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले हुन्डाई क्रेटाको १०औं वार्षिकोत्सव मनाएको छ।

नेपालमा सार्वजनिक भएको एक दशकयता क्रेटा नेपाली अटो बजारमा सबैभन्दा चर्चित र लोकप्रिय एसयूभीका रूपमा स्थापित भएको छ। आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताको कारण क्रेटा छोटो समयमा नै ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल भएको कम्पनीले जनाएको छ।

विगत वर्षहरूमा क्रेटाका विभिन्न मोडल र अपग्रेडहरू बजारमा ल्याइँदा हरेक पटक डिजाइन र प्रदर्शनमा नयाँ मापदण्ड स्थापित हुँदै आएको छ। यसै क्रममा क्रेटा ईभीको प्रवेशसँगै कम्पनीले नवीनतम प्रविधि, दिगोपन र वातावरणमैत्री यात्रालाई अघि बढाएको छ।

वार्षिकोत्सवका अवसरमा लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहक, डिलर र व्यवसायिक साझेदारप्रति आभार प्रकट गरेको छ। कम्पनीले आगामी दिनमा पनि अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र दीगो यात्रासहित समृद्ध जीवन निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*