नबिल म्युचुअल फण्ड अन्तर्गतको ‘एन आई ३१’ को इकाई बाँडफाँट सम्पन्न

काठमाडौं। नबिल बैंक लिमिटेडको कोष प्रवद्र्धकत्वमा र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापन तथा निष्काशन तथा बिक्री प्रबन्धनमा सञ्चालित नबिल म्युचुअल फण्ड अन्तर्गतको खुलामुखी योजना ‘एन आई ३१’ को इकाई बाँडफाँट सम्पन्न भएको छ।
प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरमा जारी गरिएको उक्त योजनाअन्तर्गत दुई करोड पचास लाख इकाईमध्ये प्रथम चरणमा एक करोड पचास लाख इकाई सर्वसाधारणमा निष्काशन गरिएको थियो। सोमध्ये कुल १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापकका लागि सुरक्षित राखी बाँकी एक करोड १२ लाख ५० हजार इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।
उक्त इकाईहरु २०८२ साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि आवेदन खुला गरिएकोमा प्राप्त आवेदनहरुको छानबिन गरी योग्य आवेदकलाई बाँडफाँट गर्ने सम्बन्धमा तयार गरिएको नमूना तालिका नेपाल धितोपत्र बोर्डमा पेश गरिएको थियो। बोर्डबाट उक्त तालिकामा कुनै निर्देशन प्राप्त नभएकाले आज भदौ १६ गते बिहान १० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको नक्सालस्थित कार्यालयमा औपचारिक रुपमा इकाई बाँडफाँट सम्पन्न गरिएको हो।
बाँडफाँट कार्यक्रममा कोष प्रवद्र्धक नबिल बैंक लिमिटेडका प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रतिनिधि, योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका प्रतिनिधि, प्रोफेशनल कम्प्युटर सिस्टम प्रा.लि.का प्रतिनिधि तथा सर्वसाधारण लगानीकर्ताहरुको उपस्थिति रहेको थियो।
बाँडफाँट सम्बन्धि नतिजा प्राप्त गर्नको लागि iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यहोरा कम्पनीले जनाएको छ ।












