निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष मल्ललाई ‘आईकोनिक इन्टरप्रिनरसिप अवार्ड’

१७ भाद्र २०८२, मंगलवार १६:१३

काठमाडौँ । निर्जीवन बीमा व्यवसायी संघको अध्यक्ष अध्यक्ष राजेन्द्र मल्ललाई प्रोफेशनल अचिभमेन्ट अवार्ड टिमले प्रदान गर्ने आईकोनिक इन्टरप्रिनरसिप अवार्डबाट सम्मानित गरिएको छ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा प्रभु इन्स्योरेन्सका अध्यक्ष समेत रहेका मल्ललाई नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रमा गरेको योगदानको उच्च प्रशंसा स्वरुप मल्ललाई आईकोनिक इन्टरप्रिनरसिप अवार्ड प्रदान गरिएको हो ।

शनिवार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मल्ललाई प्रमाणपत्र सहित सम्मान गरे । चार दशकदेखि निरन्तर उद्योग, वाणिज्य र बीमा क्षेत्रसँग आबद्ध रहेर निजी क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका मल्ल यसअघि नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष पदमा रहेर निजी क्षेत्रको माग एवं सरकारसंग हातेमालो गर्दै आएका थिए ।

सम्मान ग्रहण गरेपछि मल्लले आईकोनिक इन्टरप्रिनरसिप अवार्डले आफूलाई अझ ठूलो जिम्मेवारी थपिएको महसुस भएको बताए । उनले भने, “नेपालको औद्योगिक र व्यवसायिक क्षेत्रको समृद्धिका लागि अझै सक्रिय रहन यो अवार्डले हौसला र प्रेरणा दिएको छ,।”।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*