सुपर खुदी हाइड्रोपावरले ३१ करोडको आईपीओ निष्काशन गर्ने, एजीएम आह्वान

१८ भाद्र २०८२, बुधबार ०८:१२

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयले सभा असोज ८ गते काठमाण्डौको डिल्लीबजारमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि आयोजना हुने भएको हो ।

सभामा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएबमोजिम सर्वसाधारण शेयर निष्काशन सम्बन्धमा यस अघि भएको निर्णयलाई निरन्तरता दिने, नियमन निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन माग भई आएमा सो सम्बन्धी कामका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने विेशष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरिनेछ । साथै, कम्पनीले नेपाल धितोपत्र बोर्डसमक्ष आईपीओ निष्काशनको अनुमति माग गर्दै २०८१ वैशाख ३० गते आवेदन दिएको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कम्पानीले बोर्डसँग ३१ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ३१ लाख कित्ता आईपीओ निष्कासनको माग गरेको छ । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले सर्वसाधारण तथा आयोजना प्रभिावत क्षेत्रका स्थानिय बासिन्दाका लागि आईपीओ जारी गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*