एसवाई प्यानललाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति
१८ भाद्र २०८२, बुधबार ०९:०७

काठमाडौं। नेपाल धितोपत्र बोर्डले दक्षिण कोरियाली कम्पनीको सहायक कम्पनी एसवाई प्यानल नेपाल लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।
बोर्डले भदौ १७ गते उक्त कम्पनीलाई ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले शेयर निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।












