बीमा प्राधिकरणद्वारा ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी, यी क्षेत्रमा बढाइयो दायरा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । नियमनकारी निकाय बीमा प्राधिकरणबाट जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरुको वित्तीय स्रोतको लगानीको दायरा विस्तार गर्दै भदौ १७ गते स्वीकृत गरी उक्त निर्देशिका जारी गरेको हो ।
लगानी निर्देशिका अनुसार जीवन बीमा व्यवसाय तथा लघजुीवन बीमा व्यवसाय गने बीमकले आफ्नो प्रत्यके पोर्टफोलियोको जीवन बीमा कोष, उक्त पोर्टफोलियो अन्तर्गत प्राप्त प्रिमियम अन्य आम्दानीबाट प्राप्त रकमको लगानी तथा सम्पत्तिको अलग अलग व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
साथै, बीमकले प्रत्यके पोर्टफोलियो तथा शेयरधनीकोषबाट लगानी तथा खरिद भएका सम्पत्तिको लेखांकन अलग–अलग गर्नुपर्ने भएको छ । बीमकले आफ्नो कोषमा रहेको रकमहरुमध्ये नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा लगानी गरेको रकम प्राधिकरणको नाममा एअरमार्क गर्नुपर्ने व्यवस्था गरिएको छ ।
निर्देशिका अनुसार बीमा कम्पनीहरुले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्रमा कुल लगानीको ३५ प्रतिशत लगानी गर्न पाइने व्यवस्था गरेको छ । यस अघि यसमा २५ प्रतिशतसम्म मात्र लगानी गर्न पाइने व्यवस्था गरिएको थियो । प्राधिकरणले लगानी निर्देशिक संबशोधन गरेर १० प्रतिशत बढाएको छ ।
साथै, प्राधिकरणले ‘क’ वर्गका बैंक तथा पूर्वाधार विकास बैंकमा बीमा कम्पनीहरुले गर्न पाउने लगानीको दायरा ३० प्रतिशत कायम गरेको छ । साथै, ‘ख’ वर्गका बैंक तथा विकास बैंकमा १५ प्रतिशत र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा ७ प्रतिशत लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।
नेपालमा सञ्चालित बीमा कम्पनीहरुलाई धितोपत्र बजारमा लगानी बढाउने बाटोे समेत खुला गरिदिएको छ । बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशीकाले सूचीकृत कम्पनीहरुको साधारण शेयरमा गर्नपाइने लगानीको दायरा ५ प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याएको छ । यसअघि बीमा कम्पनीहरुले आफ्नो कुल लगानीयोग्य रकमको १० प्रतिशतमात्र सूचीकृत कम्पनीहरुमा लगानी गर्न पाउने व्यवस्था गरिएको थियो । संशोधित निर्देशिका अनुसार शेयर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत भन्दा बढी हुनेगरी लगानी गर्न नपाइने बताएको छ ।
बीमा कम्पनीहरुले नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा बढीमा ५ प्रतिशतसम्म र घर जग्गा व्यवसायमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाइने निर्देशिकमा उल्लेख गरिएको छ ।
यहाँ हेरौ लगानी निर्देशिका–२०८२:
Investment Ruler













