पेशागत बीमा अभिकर्ता संघका संस्थापक सदस्य केदारनाथ शर्मा बिडारीको निधन

१८ भाद्र २०८२, बुधबार १०:०३

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघका संस्थापक सदस्य केदारनाथ शर्मा बिडारीको ८२ वर्षको उमेरमा असामयिक निधन भएको छ ।

राष्ट्रिय बीमा संस्थानबाट २०४४ साल देखि अभिकर्ताका रुपमा निरन्तर कार्य गर्दै आइरहेका शर्माको यही भदौ १७ गते राती २ः३० को समयमा अल्का हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो ।

शर्मा प्रोस्टेट सम्बन्धि विमारीबाट बिगत २ वर्षदेखि पिडित थिए । आज बिहान पशुपति आर्यघाटमा सद्गत गरिएका शर्माको एक छोरा एक छोरी र पत्नी छन् । कर्मप्रति निरन्तर प्रतिबद्ध शर्मा पेशागत रुपमा लगनशील रही आएका थिए ।

बीमा ऐन २०४९ को अधिनस्थ बीमा नियमावली संशोधनका क्रममा एक अभिकर्ता एक कम्पनिको प्रावधानको व्यवस्था गरिएको व्यवस्था बिरुद्धमा पेशागत रुपमा सक्रिय अभिकर्ताहरुले सर्वोच्च अदालतमा दायर गरेका रिटको समयमा शर्माको सक्रिय सहभागिता रहेको थियो ।

भारतस्थित हरिद्वारबाट शास्त्रीय संगीतमा स्नातक गरेका शर्माले केही समय सिद्धार्थ वनस्थली विद्यालयमा केही समय अध्यापन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*