जिल्ला मालपोत काभ्रेमा अख्तियारको छापा, नासु भण्डारी दुई लाख नगदसहित नियन्त्रणमा

१८ भाद्र २०८२, बुधबार १३:०९

काठमाडौँ । जिल्ला मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा हानेको छ । बुधबार बिहान ११ बजेतिर आयोगको टोलीले नासु ज्ञानेन्द्र भण्डारीलाई दुई लाख नगदसहित नियन्त्रणमा लिएको हो।

नासु भण्डारीलाई पक्राउ गरेर स्थानीय जनप्रतिनिधिसहित प्रहरीको टोलिले मुचुल्का उठाउने काम गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*