युनियन हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० वटाको सर्वाधिक कारोबार
१८ भाद्र २०८२, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.५९ अंकले घटेर २७२६ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका ३२६ वटा कम्पनीहरुको चार अर्ब ७२ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा बुधबार युनियन हाइड्रोपावरको ३३ करोड ८० लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, लिबर्टी इनर्जीको २७ करोड ३७ लाख रुपैयाँ, नेपाल पुनर्बीमाको २६ करोड १५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।













