इन्भेष्टमेण्ट मेगा बैंकले नेपाल मेडकिल एसोसिएसनका सदस्यहरुलाई विभिन्न सेवाहरुमा बिशेष छुट दिने

१८ भाद्र २०८२, बुधबार १६:५४

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ । बैंक र एसोसिएसनबीच विस्तारित बैंकिंङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एसोसिएसन तर्फबाट अध्यक्ष डा. अनिल बिक्रम कार्कीबाट हस्ताक्षर भइ सो व्यावसायिक सेवा आरम्भ गरिएको छ ।

यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिएको छ । सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु मार्फत प्रोफेशनल बचत खाता खोलि दस लाखको दुर्घटना बिमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा र डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

यो सम्झौताबाट नेपाल मेडकिल एसोसिएसनका सदस्यहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*