शिवश्री हाइड्रोपावरको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

१९ भाद्र २०८२, बिहीबार ०७:५५

काठमाडौं । शिवश्री हाइड्रोपावरको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १ सय रुपैयाँ अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर जारी गरेको हो ।

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि गत साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन ४ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*