प्रतिकित्ता १३० रुपैयाँमै प्रभु केबलकारको शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

१९ भाद्र २०८२, बिहीबार ०९:०६

काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी पुरुषोत्तम श्रेष्ठको नाममा रहेको १० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरुको लागि बिक्रीमा ल्याएको छ । कम्पनीका अनुसार बिक्री खुला गरेको ३५ दिनभित्र कुनै पनि संस्थापक शेयरधनीले उक्त शेयर खरिद नगरेको खण्डमा सर्वसाधारणहरुको लागि बिक्रीमा राखिने जनाएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले कम्पनीको कार्यालय काठमाडौं, तिनकुनेमा आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*