तरकारीको मूल्य सामान्य बढ्यो, कुनको कति ? (सूचीसहित)

१९ भाद्र २०८२, बिहीबार ०७:४०

 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, आलु रातो प्रतिकिलो ५३ रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३८ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ रहेको छ ।

साथै, रातो मूला प्रतिकेजी ६० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडी प्रतिकिलो १ सय रुपैयाँ र मकै बोडी प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ ।

सूचीसहित:

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*