बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

१९ भाद्र २०८२, बिहीबार १०:३४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको छ । निरन्तर इतिहासिक रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने स्थिर रहन पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि स्थिर रहदै चाँदीको मूल्य दुई हजार ४८० रुपैयाँमा किनबेच भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*