नेपाल रिमा झुम्मिए लगानीकर्ता, कसको कारोबार कति ?

१९ भाद्र २०८२, बिहीबार १५:११

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.८६ अंकले घटेर २७२५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका ३१७ वटा कम्पनीहरुको पाँच अर्ब १४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । जसमा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ३५ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, बिन्द्यावासीनी हाइड्रोपावरको १९ करोड रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको १७ करोड ६९ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*