संयुक्त उर्जाले ४१ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त
१९ भाद्र २०८२, बिहीबार १७:२६

काठमाडौं । संयुक्त उर्जा लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि जारी गरिने १०० रुपैयाँ अंकित दरका ४१ लाख ६० हजार कित्ताले हुन आउने ४१ करोड ६० लाख रुपैयाँ रकम बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।
उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र संयुक्त उर्जाका तर्फबाट प्रबन्ध संचालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन् ।
संयुक्त उर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा गाउँपािलकामा रहेको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलबिद्युत आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन शुरु भईसकेको छ ।












