एभरेष्ट बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
१९ भाद्र २०८२, बिहीबार १८:३५

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १४ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित भई वार्षिक साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।













