सामाजिक सञ्जाल भोलि साँझ मात्रै बन्द गर्न सकिनेः इन्टरनेट सेवा प्रदायक संघ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकरणमा नपरेका सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्दगर्न निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायक संघले भोलिसम्म समय लाग्ने बताएको छ ।
इन्टरनेट सेवा प्रदायक संघले सरकारले गरेको निर्णय र प्राधिकरणको आदेश पूर्ण रुपमा कार्यान्वयन गर्न भोलिसम्मको समय लाग्ने जनाएको छ ।
सरकारले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स, लिंक्डइन, स्न्यापच्याट, रेडिट,डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा,टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई बन्द गर्ने निर्णय गरेको थियो ।
तर मेटाले दर्ताको लागि विवरण माग गरिसकेको छ । मेटाको विवरण माग पश्चात् सरकारले आज लिएको निर्णय के गर्छ त्यो भने हेर्न बाँकि रहेको छ ।











