माछापुच्छ्रे बैंकद्वारा २७औं वार्षिक सभा आह्वान, लाभांश प्रस्ताव पारित मुख्य एजेण्डा

२० भाद्र २०८२, शुक्रबार ०७:२५

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको बैठकको निर्णयले गत आवको लाभांश पारित गर्न असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा सभा आयोजना हुनेछ । उक्त सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ सहित० वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साथै, सोही सभाले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भदौ २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*