सांसद दीपक मनाङे जेल परेपछि मनाङमा पनि कात्तिक १७ गते उपनिर्वाचन
२० भाद्र २०८२, शुक्रबार ०७:५७

काठमाडौं । हिमाली जिल्ला मनाङमा पनि कात्तिक १७ गते नै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो ।
मनाङमा राजिव गुरुङ (दीपक मनाङे) आपराधिक क्रियाकलाप सम्बन्धी क्रियाकलापको मुद्दामा जेल परेपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो मनाङको उपनिर्वाचन कार्यातालिकाअनुसार २०८२ साल भदौ १३ गतेबाट निर्वाचन अवधि सुरु भएको निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिए ।













