निफ्राद्वारा लाभांश घोषणा, बोनश र नगद कति ?

२० भाद्र २०८२, शुक्रबार १०:२०

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१–८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

बैंकका अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*