टाटा मोटर्सको ‘प्रि–फेस्टिभ फियस्टा’ : नयाँ मोडल अवलोकनदेखि विशेष अफरसम्म

२० भाद्र २०८२, शुक्रबार १८:०६

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै टाटा मोटर्सका लागि नेपालका आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘प्रि–फेस्टिभ फियस्टा’ कार्यक्रम सुरु गरेको छ। भदौ २० र २१ मा सञ्चालन हुने यस कार्यक्रममा ग्राहकहरूले टाटा मोटर्सका नयाँ इलेक्ट्रिक र पारंपरिक ईन्जिन मोडलका गाडीहरू एकैसाथ अवलोकन गर्न, टेस्ट ड्राइभ गर्न र आकर्षक अफरसहित बुक गर्न सक्नेछन्।

प्रदर्शनीमा टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी, कर्भ ईभी लगायतका लोकप्रिय इलेक्ट्रिक मोडलहरूसहित टियागो, पञ्च, नेक्सन र टाटा सफारी जस्ता आईसीई मोडलहरू पनि राखिएका छन्। ग्राहकलाई आकर्षित गर्न टाटा मोटर्सले लाइफटाइम फ्री डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, फ्री कम्प्रहेन्सिभ अटो प्लस इन्स्योरेन्स, फ्री एक्सेसोरिज, एक वर्षको निःशुल्क वार्षिक सवारी कर र फ्री होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष सुविधा उपलब्ध गराएको छ।

सिप्रदी ट्रेडिङका अनुसार, यो कार्यक्रम केवल अफर र आर्थिक सुविधा मात्र नभई ग्राहकलाई चाडपर्वको उत्साहसँग जोड्ने प्रयासको रूपमा सञ्चालन गरिएको हो र नेपालभरिका टाटा शो–रुममार्फत उपस्थित सबैका लागि खुला रहनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*