वाणिज्य विभागद्वारा २४ वटा उद्योग र फर्महरूमा छापा, उपभोक्ता संरक्षण उल्लंघनमा जरिवाना र निर्देशन

२० भाद्र २०८२, शुक्रबार १८:५८

काठमाडौँ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भदौ २० गते शुक्रबारका दिन काठमाडौं महानगरपालिकाभित्र सञ्चालन भइरहेका २४ वटा विभिन्न उद्योग र फर्महरूमा छापा हानेको छ । विभागले  अनुगमन निरीक्षण गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारवाही गरेको हो ।

अनुगमन क्रममा विभिन्न फर्महरूले उपभोक्तासँग सम्बन्धित कागजात प्रस्तुत नगर्ने, नियम पालना नगर्ने वा अन्य खाम्ती देखिएको पाइएपछि विभागले ती फर्महरूमा जरिवाना र निर्देशन जारी गरेको छ।

जसमा ए. एण्ड डी. सिस्टर ट्रेडलाई ५० हजार रुपैयाँ जरिवाना, करुणामय व्याग कलेक्सनलाई १० हजार रुपैयाँ र रूप एट काया स्टोरलाई रु. ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, रोज कलेक्सन सेन्टर, न्यू स्नेहा इम्पेक्स, यदुवंशी किराना जनरल स्टोर, सोहत इन्टरप्राइजेज, सागर मसला तथा चियापत्ती पसल, गाउँघर अर्गानिक स्टोर, स्टडी हब ग्लोबल प्रा. लि., शिव शंकर स्वीट एण्ड चाट हाउसलाई तीन दिन भित्र व्यवसायसँग सम्बन्धित कागजात विभागमा उपस्थित गराउन निर्देशन दिइएको छ।

बाकीका उद्योग/फर्महरूमा सामान्य निर्देशन दिइएको छ। निर्देशन पाएका फर्महरूमा नेपाल आइरन एण्ड हुडन फर्निचर सप्लायर्स, शुभ श्री हेलमेट हाउस, श्याम इन्टरप्राइजेज, जमुनाली स्टोर, रविया फेन्सी स्टोर, एस एस टि किंग गूडस, श्री भोले शंकर किराना स्टोर, श्री लक्ष्मी खाद्य किराना पसल, दं साउण्ड वेभ, न्यू गंगा रेडिमेड स्टोर, स्वी कलेक्सन, शैलेसरी सुबियानी स्टोर, शुभ लक्ष्मी ट्रेड लिंक लगायतका फर्महरू छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*